१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बाजुरामा समानुपातिक तर्फ काँग्रेस पहिलो दल, माओवादी र समाजवादीले कटाएनन् २ हजार भोट,

बाजुरामा समानुपातिक तर्फ संघ र प्रदेश दुबैमा नेपाली काँग्रेस पहिलो दल बनेको छ। प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फ जितेको नेपाली काँग्रेसले समानुपातिक तर्फ पनि बाजुरामा पहिलो दल बनेको हो। 

कुल खसेको सदर मत ५८ हजार ६ सय १० मत मध्ये नेपाली काँग्रेस काँग्रेस २७ हजार ९ सय ७२ मत प्राप्त गरेको छ। भने दोस्रो बनेको नेकपा एमालेले २६ हजार २ सय ९९ मत प्राप्त गरेको छ। 

बाजुरामा प्रतिनिधि सभा तर्फ ६० हजार ४ सय ४५ मत खसेको थियो। ती मध्ये १ हजार ८ सय ३५ मत बदर भएका छन्। समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको मतमा काँग्रेस पहिलो र एमाले दोस्रो दल बनेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले २ हजार मत समेत नकटाएको अवस्था छ। प्रतिनिधि सभाको समानुपातिक तर्फ माओवादी केन्द्रले १ हजार ९ सय ७८ मत प्राप्त गरेको छ। भने नेकपा एकीकृत समाजवादीले १ हजार ७ सय २८ मत प्राप्त गरेको छ।

चुनावी गठबन्धन गरेका काँग्रेस, माओवादी र समाजवादी मध्ये समानुपातिकमा माओवादीको आधा बढी मत घटेको अवस्था छ। २०७४ मा ५ हजार बढी मत ल्याएको माओवादीले गएको स्थानीय तहको निर्वाचनमा ३ हजार ९ सय बढी मत प्राप्त गरेको थियो। यो पटकको संघ र प्रदेशको चुनावमा भने माओवादीले आफ्नो विरासत नै गुमाएको छ। 

प्रदेश निर्वाचन क्षेत्र ९क० को प्रत्यक्ष तर्फबाट सिटमा समाजवादीबाट नरेश कुमार शाहीले जिते पनि समानुपातिक तर्फ भने निकै कम मत आएको छ। समाजवादीले पनि प्रत्यक्षमा १०९७३ मत ल्याएर विजयी भए पनि समानुपातिक तर्फ जिल्ला भरीबाट २ हजार मत समेत कटाउन सकेनन्। समाजवादीले स्थानीय तहको भन्दा केही मत भने बढाएको अवस्था छ। 

गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका नेता बद्री पाण्डेले प्रत्यक्षमा ३१७८६ मत प्राप्त गरेका जितेका हुन्। नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २६३४९ मत ल्याएर पराजित भए। यो मतसंख्या हेर्दा नेकपा एमालेले समानुपातिक तर्फ पनि आफ्नो मत यथावत् राखेको देखिन्छ भने, नेपाली काँग्रेसको करिब ४ हजारको संख्यामा कम मत देखिएको छ। 

यता प्रदेश सभामा पनि नेपाली काँग्रेस पहिलो दल बनेको छ। समानुपातिक तर्फ प्रदेश सभामा ५९ हजार ५ सय ९९ मत खसेको छ। त्यो मध्ये नेपाली काँग्रेसको २६ हजार ५ सय २५ मत ल्याएको छ। 

नेकपा एमालेले २५ हजार ८ सय ३५ मत ल्याएको छ। भने नेकपा माओवादी केन्द्रले २ हजार ५ सय २८ मत प्राप्त गरेको छ। प्रदेश सभामा प्रतिनिधि सभाको भन्दा ५ सय ५० मत बढी ल्याएको छ। 

समाजवादी पार्टीले पनि केही मत थप गरे पनि २ हजार प्रदेश सभामा पनि कटाउन सकेको छैन्। समाजवादीले प्रदेश सभामा १ हजार ९ सय ८० मत प्राप्त गरेको छ। भने राप्रपाको ४ सय २५ मत प्राप्त गरेको छ। बाजुराबाट स्वतन्त्र सहित ३० वटा दलमा मत गएको छ। 

प्रकाशित: २० मंसिर २०७९ १३:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App