१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अबको प्रधानमन्त्रीका लागी गगन थापा योग्य हुनुहुन्छ: महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री एवं झापा क्षेत्र नम्बर १ का सांसद विश्वप्रकाश शर्माले यस पटक सभापति शेरबहादुर देउवाले नयाँ अनुहारलाई पालो दिने बताएका छन्।

आफू पाचौं पटक प्रधानमन्त्री बनिसकेकाले सहयात्री पौडेललाई वा कोही नयाँ अनुहारलाई हस्तान्तरण हुन सक्ने तर्फ संकेत गर्दै शर्माले पौडेल नभए कोइराला, निधि वा गगनले पालो पाउनुपर्ने बताए।

'म नै हुनुपर्छ, मैले नै पाउनुपर्छ, म नै योग्य हुँ, म नै सर्वेसर्वा भन्ने संस्कृतिलाई रूपान्तरण गरेर नयाँ पुस्तामा हस्तान्तरण हुनुपर्छ। उनले भने

रामचन्द्र पौडेल तयार हुनुहुन्छ, शेखर, शंसाक, निधि वा प्रकाशमान सिंह जो कोही पनि तयार हुनुहुन्छ तर राज्य र राजनीतिमा मनोबल बढाउने हो भने गगन थापा अबको प्रधानमन्त्रीका लागी योग्य हुनुहुन्छ।'

शर्माले देश र राजनीतिमा परिवर्तन आवश्यक परेकाले पार्टी सभापतिले त्यो मर्म बुझ्ने उनले बताए। गृह जिल्लामा बाम लोकतान्त्रिक गठबन्धनद्वारा आयोजित आभार कार्यक्रममा बोल्दै शर्माले निर्वाचन सम्पन्न गर्न सबै पक्षलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग गर्न अपिल गरेका थिए।

प्रकाशित: २० मंसिर २०७९ १२:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App