१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

लुम्बिनी प्रदेश: स्थायी राजधानीमा सर्‍याे मुख्यमन्त्रीको कार्यालय

लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा मुख्यमन्त्रीको कार्यालय सारिएको छ। गएराती अस्थायी मुकाम बुटवलबाट मुख्यमन्त्री कार्यालय सारिएको हो। बुटवलमा रहेको मुख्यमन्त्री कार्यालयका सबै सामानहरु राती तीन वटा ट्रकमा सारिएको जनाइएको छ। मुख्यमन्त्री कुलप्रसाद केसीले मुख्यमन्त्री कार्यालय सारेपछि अब मुख्यमन्त्रीको कामकाज स्थायी राजधानीबाटै गर्नेछन्।  

मुख्यमन्त्री कार्यालय स्थानान्तरणका लागि देउखुरीमा रहेको भवन मर्मत गरिएको थियो। स्थायी राजधानी कार्यान्वयनका लागि मुख्यमन्त्री केसीले केहि दिन देखि देउखुरीमै बसेर तयारी गरिरहेका थिए। नव निर्वाचित प्रदेशसभा सदस्यहरुको सपथ पनि स्थायी राजधानीमै गर्नेगरि तयारी प्रदेश सरकारले गरेको छ। मुख्यमन्त्री कार्यालय स्थानान्तरण भएपछि अब मन्त्रालयहरु प्नि यसै महिना भित्रै सारि सक्ने निर्णयमा प्रदेश सरकार पुगेको छ।

प्रकाशित: २० मंसिर २०७९ ०३:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App