१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

दोलखाको प्रतिनिधिसभामा माओवादी केन्द्रका कार्की विजयी

दोलखाको प्रतिनिधिसभा सिटमा नेकपा माओवादी केन्द्रका गंगा कार्की बिजयी भएका छन्।  सोमबार विहान सकिएको ७४ ओटै वडाको मतगणना अनुसार कार्कीले एमालेका बालकृष्ण शिवाकोटीलाई ३ सय १८ मतको अन्तरले हराए।  

कार्कीले ३६ हजार ७ सय ९९ मत ल्याउदा एमालेका शिवाकोटीले ३६ हजार ४ सय ८१ मत ल्याएर पराजित बने। यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले ३ हजार ७९३ मत ल्याउँदा राप्रपाका विजय खड्काले १ हजार ५६१ मत प्राप्त गरेका छन्।  

समानुपातिक तर्फको समेत मतगणना चलिरहेको र समानुपातिकको मतपेटिकामा प्रत्यक्ष तर्फको मतपत्र भेटिए गणना गर्ने निर्णय सर्वदलीय बैठकमा भएकाले जितको अन्तरको अंक केही तलमाथि पर्न सक्ने बताईएको छ।

प्रकाशित: १९ मंसिर २०७९ ०३:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App