coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पूर्वाधार विनै तत्काल राजधानी नसार्न नेपाली काँग्रेस रुपन्देहीको माग

आवश्यक संरचना नबन्दै हतारमा बुटवलबाट प्रदेश राजधानी नसार्न नेपाली काँग्रेस रुपन्देहीले आग्रह गरेको छ। 

काम चलाउ सरकारले बुटवलमा रहेको लुम्बिनी प्रदेशको राजधानी दाङ सार्न खोजेपछि नेपाली काँग्रेसले त्यसको विरोध गरेको हो।

स्थायी राजधानीकालागि आवश्यक संरचना नबन्दै बुटवलमा रहेका मन्त्रालय तथा प्रदेश सभाका संरचनाहरु दाङ सार्न लागिएको भन्दै काँग्रेस रुपन्देहीले आइबार मुख्यमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाएको हो। 

नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री कार्यालयका कार्यवाहक सचिव राजेन्द्र थापालाई ज्ञापन पत्र बुझाउँदै स्थायी संरचना नबन्दै राजधानी नर्सान माग गरेको हो।

काँग्रेस रुपन्देहीका सभापति खाणले आवश्यक पूर्वाधार नै नभएको स्थानमा काम चलाउ सरकारले हतारमा लुम्बिनी प्रदेशको राजधानी सार्न खोजेको भन्दै तत्काल त्यस्तो काम बन्द गर्न आग्रह गरे। मन्त्रालय र प्रदेश सभाकालागि आवश्यक पूर्वाधार सँगै  सांसद तथा कर्मचारीकालागि आवासको समेत व्यवस्था हुन नसक्ने स्थानमा जबरजस्ती राजधानी  सारिए प्रतिकुलता निम्तन सक्ने भन्दै उनले स्थायी संरचना निर्माणमा ध्यान दिन प्रदेश सरकारलाइ आग्रह गरे।

‘राजधानीकालागि बुटवलमा करोडौँ खर्च भइसकेको छ,ती संरचना छोडेर दाङमा फेरी अस्थायी संरचना बनाउने र काम चलाउ सरकारले राजधानी सार्ने नाममा राज्यको ढुकुटी सिद्धाउने काम नगरीयोस’ खाणले भने।

मुकाम राख्ने र सार्ने काम काम चलाउ सरकारको नभएको भन्दै उनले प्रदेशवासीको दैनिकीसँग कसरी प्रदेशसभाको कानुन निर्माण र प्रक्रियालाई जोड्न सकिन्छ भन्ने तर्फ ध्यान केन्द्रित गर्न आग्रह गरे। पूर्वाधार बिनै राजधानी सार्दा प्रदेश सरकारका काम कारबाही र सेवा प्रवाहमा पर्न सक्ने असर तर्फ प्रदेश सरकार सचेत हुनु पर्नेमा काँग्रेसले जोड दिएको छ। प्रदेश मुकाम जहाँ छ त्यहीबाट सेवा प्रवाहलाई चुस्तता दिन र सुशासन कायम गर्न नेपाली काँग्रेस रुपन्देहीले माग गरेको छ।

प्रकाशित: १८ मंसिर २०७९ १५:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App