२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नागरिकका समस्या ध्यानमा राखेर काम गर्ने छौँ: नवनिर्वाचित जुम्लाका सांसद

भर्खरै सम्पन्न निर्वाचनमा जुम्लाबाट नवनिर्वाचित प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाही, प्रदेश सभा सांसद द्धोय देवेन्द्रबहादुर शाही र टेकराज पछाईले नागरिकका समस्या ध्यानमा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्। नेपाल पत्रकार महासंघ शाखा जुम्लाको आयोजनामा गरिएको नवनिर्वाचित सांसदलाई बधाई तथा प्रतिबद्धता कार्यक्रममा उनीहरुले यस्तो प्रतिबद्धता गरेका हुन्। 

प्रतिनिधि सभा सांसद ज्ञानेन्द्रबहादुर शाहीले भने देश भ्रष्टाचारले विग्रेको छ। भ्रष्टाचार नगर्ने र भ्रष्टाचार पनि गर्न नदिने मेरो पहिरो एजेन्डा रहेको उनले बताए। उनले भन्ने संचार क्षेत्र विकास र पत्रकारहरुको क्षमता अभिवृद्धिमा जोड दिईने छ।जुम्लाको विकासका निमित्त लागि पर्ने उनले बताए। उनले भने सडक, विजुली, टेलिफोन र कृषि तथा पर्यटन क्षेत्रलाई अघि बढाउन विशेष ध्यान दिनेछु। डोजर आतंकले बाढीपहिरोको जोखिम बढाएको छ। अनाश्वक सडक काटिएका छन्। अहिले सडकमा सवारी साधन नै सञ्चानमा छैनन्। यस्ता विकृतिलाई पनि रोक्ने छौँ। तिनै सडकका कारणले बाढीपहिरो आउदा मान्छेले ज्यान गुमाएका छन्। प्रदेश सभा सांसद देवेन्द्रबहादुर शाहीले काँग्रेस पार्टीले अन्याय गरेपनि मतदाताले न्याय गरेर निर्वाचित भएको बताए।

उनले भने, 'पार्टी अन्याय गरेकै कारण स्वतन्त्र उम्मेदवारी दिनु पर्यो। अहिले जुम्लाबाट प्रतिनिधि र प्रदेश सभा गरी हामी तीन जना सांसद निर्वाचित भएका छौँ। हामी एक आपसमा समन्वय र सहकार्य गरेरै जुम्लाको विकासका लागि काम गर्ने छौँ।स्थानीय स्तरबाट योजना बनाएर कार्यन्वयन गर्ने छौँ। राजनीतिकलाई पेशा व्यवसाय नबनाएर सेवाका हिसावले काम गर्दै नागरिकका समस्यालाई ध्यानमा राखेर प्रथामिकरणका आधारमा अगाडी बढ्ने उनले बताए। उनले भने कृषि क्षेत्रको विकासमा विशेष जोड दिने छौँ। कृषि क्षेत्रमा उत्पादन, भण्डारण र बजारकरणलाई प्रथामिकता दिने छौँ। देश संघीय संरचनामा छ। केन्द्र, प्रदेश र स्थानीय तह गरेर तीन तहका सरकार छन्। आ आफ्ना क्षेत्रगत तहका योजनामा काम गर्ने छौँ। साना साना कनिका छराई बजेट र योजना बनाउने छैनौँ। ठुला योजना आयोजना निर्माण गर्ने छौँ ।प्रदेश सभा (ख)का सांसद टेकराज पछाईले जुम्ला समृद्ध बनाउने मेरो योजना रहेको बताए। उनले भने प्रदेश (ख) तर्फ जुम्लामा ४ वटा गाउँपालिका छन्। यिनै पालिका मध्ये सवै भन्दा पछि परेको कनकासुन्दरी गाउँपालिको बुम्रमाडीचौर क्षेत्र र तिला गाउँपालिकाको राँसा मालापानी, घोडेमहादेव क्षेत्र पछाडी परेका छन्। बजेट र योजनामा यिनै क्षेत्रलाई विशेष प्रथामिकतामा राखेर काम गरिने छ। सिंजा उपत्यका र त्यो क्षेत्र हुदै नाग्म गमगढी सडकको स्तरबृद्धिका लागि बजेट व्यवस्थानमा जोड दिनुका साथै प्रदेश सभामा आवज उठाउने उनले प्रतिबद्धता गरेका छन्।'

पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले नवनिर्वाचित सांसदलाई बधाई ज्ञापन गर्दै राम्रा कामलाई प्रसंसा गर्ने र गतल कामको विरुद्ध खबरदारी गरिने बताए। उनले नागरिकका हितमा काम गर्न सुझाउदै पत्रकारित क्षेत्रको संरक्षण र विकासमा जोड दिन आग्रह गरेका छन्। उनले भने पत्रकारिता क्षेत्रमा पछिल्लो समय स्टीन्जर प्रथा बढेको छ। यसलाई निरुत्साहित गर्नुपर्ने देखिएको छ। स्थानीय स्तरका विज्ञान पनि केन्द्रका मिडिया हाउसले प्रकाशन गर्ने गरेका छन्। यो नीतिगत रुपमा त्रृटि छ। यस्ता नीतिगत त्रृटिलाई सच्चाउनका लागि संसादमा आवाज उठाईदिन नवनिर्वाचित सांसदलाई आग्रह गर्दछौँ।

प्रकाशित: १४ मंसिर २०७९ ०९:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App