२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एमालेले विजय जुलुस निकाल्दा दुहवीको छातावेलीमा झडप

सुनसरीको दुहवी वडा नं. ९ छातावेलीमा बुधबार दिउँसो एमालेको विजय जुलुस निस्किएको बेला काँग्रेस कार्यकर्तासँग झडप भएको छ। झडपपछि त्यहाँको स्थिती नियन्त्रणमा लिन अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।  

सुनसरी क्षेत्र नं. ३ मा प्रतिनिधीसभा सदस्यमा नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारलाईं हराएर नेकपा एमालेकी भगवती चौधरी निर्वाचित थिइन्। सोही अवसरमा एमालेले विजय जुलुस निकालेर वडा नं. ९ को छातावेली पुग्दा डिजे बजाएको र काँग्रेस कार्यकर्तालाई लक्षित गरेर रंग हालि दिएको विषयमा विवाद भएर झडप भएको हो। झडप भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी प्रभूप्रसाद ढकालले पुष्टि गर्दै भीड नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको बताए।  

दुहवी वडा नं. ९ काँग्रेसको एकछत्र पकड क्षेत्र भएतापनि पछिल्लो समय त्यहाँ एमालेले आफ्नो सशक्त उपस्थिती देखाउँदै आएको छ। जसले गर्दा पनि झडप भएको स्थानीय दलका नेता बताउँछन्। एमाले उम्मेदवार भगवती चौधरीले विजयलाई ५ हजार १८८ मतान्तरले हराएर विजयी भएकी थिइन्।  

 

प्रकाशित: १४ मंसिर २०७९ ०७:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App