२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मतदाता भेट्न गाउँ फर्किए सांसद

निर्वाचित पछि मतदातालाई भेट्न पुगेका प्रतिनिधि तथा प्रदेशसभा सदस्यहरु। तस्वीर: हरिकृष्ण

म्याग्दीका विगतका धेरै निर्वाचनपछि मतदाताहरुको एउटै गुनासो हुने गरेको थियो, चुनावमा चिल्ला भाषण गदैं घरदैलोमा आएर भेट्ने नेताहरु चुनावपछि पाँच बर्षसम्म फर्केर आउँदैनन्। एउटा चुनाव सकिएपछि निर्वाचित उम्मेदवारलाई भेट्न सदरमुकाम बेनी पुग्नुपर्ने अथवा अर्को चुनाव कुर्नुपर्ने भन्दै मतदाता आक्रोशित हुने गरेकोमा यसपटक मतपरिणामपछि निर्वाचित उम्मेदवारहरु धमाधम गाउँमै फर्किएका छन्। निर्वाचनमा जितेका प्रतिनिधिसभातर्फका खमबहादुर गर्बुजा, प्रदेशसभा (क) बाट निर्वाचित सांसद हरि भण्डारी र प्रदेशसभा (ख) बाट निर्वाचित सांसद रेशमबहादुर जुग्जाली मतदातालाई धन्यवाद दिँदै वडाका सभाहरुमा पुगेका छन्।

 

मतदातालाई धन्यवाद तथा चुनावी बाचा पूरा गर्ने प्रतिबद्धताको कार्यतालिका नै बनाएका विजय सांसदले रघुगंगा गाउँपालिका वडा नं १ बेगखोला, वडा नं २ भगवती र वडा नं ५ झिँमा मतदातालाई भेट्दै बधाई साटासाट गरेका छन्। चुनावी अभियान अन्तरगत आमसभा आयोजना गरिएका ३९ स्थानमै पुगेर मतदातालाई दिएको प्रतिबद्धता पूरा गर्ने प्रतिनिधिसभा सदस्य गर्बुजाले बताए। ‘सपथ लिएपछि पटकपटक गाउँमा पुग्नेछु,‘यहाँका समस्या समाधान गर्न केन्द्रस्तरको योजना ल्याउन सधै समय खर्चनेछु’ प्रतिनिधिसभा सदस्य गर्बुजाले भने। निर्वाचन अगाडि मतदातालाई भोट माग्न घरदैलोमा पुगेजस्तै विजयी भएपछि आभार प्रकट गर्न र धन्यवाद दिने कार्यक्रम समेत प्राथमिकतामा रहेको प्रदेशसभा सदस्य भण्डारीले बताए।‘चुनाव जितेपछि नेताहरू गाउँ फर्कदैनन् भन्ने आरोप अव मतदाताले लगाउनुहुन्न’ सांसद भण्डारीले भने।उनले चुनाव जितेपछिको पाँचबर्षसबैभन्दा पहिले गाउँमै फर्किएर सेवा गर्ने बताए।

चुनावी आमसभामा विपक्षीलाई आरोप लगाएपनि अबको धन्यवाद यात्रामा जिल्लाको विकासका लागि काम गर्ने प्रतिबद्धता मतदातासामु दोहो¥याएको अर्का प्रदेशसभा सदस्य जुग्जालीले बताए। उनले मतदान अगाडी एजेन्डाहरु लिएर भोट मागे अनु्सार अब जितिसकेपछि तिनै वाचा पूरा गर्ने प्रतिबद्धता दोहो¥याएको बताए। गठबन्धनबाट निर्वाचित सांसदले जिल्लाको  ६ वटै स्थानीय तहको वडास्तरमै पुगेर धन्यवाद ज्ञापन सहितका अभियानहरू सञ्चालन गर्ने बताएपछि कार्यकर्ता समेत उत्साहित भएका छन्। विगतमा निर्वाचनमा पराजित भएका फर्किएर नआउने र जितेकाले समेत चुनावी अभियानमा गरेका बाचा पूरा नगरेको भन्दै आक्रोशित मतदाताले जनताको दुःख सुखमा साथ दिएमात्रै मतको सदुपयोग र सम्मान हुने बताएका छन्। यसैबीच विजयी सांसदहरु मतदाता भेट्दै खुसियाली साटिरहँदा प्रतिनिधिसभा र प्रदेशसभामा पराजय भएकाहरूले समेत विभिन्न माध्यमबाट धन्यवाद सहितको कार्यक्रमहरु गर्ने जनाएका छन्।  

 

प्रकाशित: १४ मंसिर २०७९ ०४:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App