१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

जुम्लामा चार उम्मेदवारको जमानत जफत

जुम्लाबाट प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवारी दिएका ४ जनाको जमानत जफत भएको छ।

दुई प्रतिनिधिसभा उम्मेदवार र दुई  प्रदेशसभाका उम्मेदवारहरुको जमानत जफत भएको हो। जिल्ला निर्वाचन अधिकारी महेश शर्माले खसेको कूल सदरमतको कम्तिमा १० प्रतिशत मत ल्याए उम्मेदवारको जमानत जोगिने बताए। प्रतिनिधिसभा तर्फ नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्ले र स्वतन्त्र उम्मेदवार डाक्टर कलबहादुर रोकाया जफतमा परेका हुन्।

स्वतन्त्र उम्मेदवार डाक्टर कलबहादुर रोकाया माओवादी निकटतम मानिन्छन्। रोकयाले आफ्नो उम्मेदवारी पत्रकार सम्मेलनमार्फत फिर्ता गरेका थिए, भने प्रदेशसभा (क) का नेपाल मजदुर किसान पार्टीका राजेश्वर देवकोटा र प्रदेशसभा (ख) तर्फ पनि नेपाल मजदुर किसान पार्टीका उम्मेदवार विर्ष बहादुर रावतको जमानत जफत भएको हो।

प्रतिनिधिसभातर्फ नेमकिपाका डिल्लीप्रसाद काफ्लेले २.२३ प्रतिशत, स्वतन्त्रका डाक्टर कलबहादुर रोकायाले १.२७ प्रतिशत मत पाए। यस्तै प्रदेशसभा (क) नेपाल मजदुर किसान पार्टीका राजेश्वर देवकोटाले २.९४ र प्रदेशसभा (ख) तर्फ नेपाल मजदुर किसान पार्टीका उम्मेदवार विर्ष बहादुर रावतले ६.०३ मत प्राप्त गरे थिए।

जुम्ला बाट प्रतिनिधिसभा तर्फ ५  जना र प्रदेश (क) तर्फ ४ जना प्रदेश (ख) तर्फ ४ जना उम्मेदवारको बिच प्रतिस्पर्धा भएको थियो। यसपटकको प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्येक उम्मेदवारले १० हजार र प्रदेशसभा निर्वाचनका लागि प्रत्येक उम्मेदवारले ५ हजार रुपैंया जनामत (धरौटी) राख्नुपर्ने व्यवस्था थियो। सदरमतको १० प्रतिशत मत ल्याएकाले यसअघि राखेको धरौटी रकम फिर्ता पाउने छन्।

प्रकाशित: १३ मंसिर २०७९ १०:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App