५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

समानुपातिकमा केही पार्टीको मत वृद्धि अस्वाभाविक रहेको भन्दै कार्यकर्तालाई चनाखो हुन ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक मतगणनामा केही पार्टीको मत वृद्धि अस्वाभाविक रहेको भन्दै कार्यकर्ताहरूलाई चनाखो हुन निर्देशन दिएका छन्।

शनिबार साँझ सामाजिक सञ्जालमा लेख्दै उनले समानुपातिक मतगणनामा केही पार्टीको मत वृद्धि अस्वाभाविक रहेको भन्दै कार्यकर्ताहरूलाई चनाखो हुन निर्देशन दिएका हुन्।  

उनले लेखेका छन्,'समानुपातिक मतगणना भइरहेको छ। सुरुदेखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्छ। एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता ग़लत कार्य पनि हुनसक्छ।'  

उनले जिल्ला जिल्लामा मतगणनामा रहेका कार्यकर्ताहरूलाई चनाखो हुन  साथै मत परिणामको मुचुल्काको प्रति फेसबुकको म्यासेज बक्समा पठाउन अनुरोध समेत गरेका छन्।  

प्रकाशित: १० मंसिर २०७९ १३:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App