नेकपा माओवादी केन्द्रका छिरिङ डम्दुल लामा (कार्चेन लामा) हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
उनले १४ हजार ३७१ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दल रावलले ९ हजार ५१६ मत पाए। उनीहरुबीचको मतान्तर ४ हजार ८५५ रहेको छ। राप्रपाका तेजबहादुर रावतले ३७९ मत पाए।
प्रकाशित: १० मंसिर २०७९ ००:२९ शनिबार