४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

महोत्तरी ३ बाट महन्थ ठाकुर निर्वाचित

महोत्तरी ३ प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले जीत हासिल गरेका छन्। उनले निकट प्रतिद्वन्दी जनता समाजवादी पार्टी नेपालका हरिनारायण यादव भन्दा २ हजार २५ मत बढी ल्याएर निर्वाचित भएका हुन्।

ठाकुरले १६ हजार ३७५ मत ल्याएर निर्वाचित हुँदा यादवले १४ हजार ३२५ मत प्राप्त गरेका छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार राम आधार कापर १२ हजार ७३३ मत ल्याएर तेस्रो स्थानमा रहेका छन्।

ठाकुरले नेपाली कांग्रेसको नेतृत्वमा रहेको पाँच दलीय गठबन्धन तर्फबाट उम्मेदवारी दिएका थिए। उनी यस अघिको आम निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए। त्यतिबेला कांग्रेससँग घोषित रूपमा चुनावी तालमेल नभएपनि कांग्रेसले आफ्नो उम्मेदवार नउठाई अघोषित रूपमा ठाकुरलाई सघाएको थियो।

प्रकाशित: ९ मंसिर २०७९ १३:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App