२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

कर्णाली प्रदेशसभा सदस्यमा माओवादी र काँग्रेस बराबर

कर्णालीमा प्रदेशसभाको प्रत्यक्ष निर्वाचनमा काँग्रेस र माओवादीको सिट बराबर हुने देखिएको छ। कर्णालीमा एमाले तेस्रो स्थानमा रहेको छ। प्रत्यक्ष तर्फको अन्तिम मतपरिणामको प्रारम्भिक नजिता अनुसार काँग्रेस र माओवादी बराबर देखिएका हुन्।  

निर्वाचन घोषणा भएअनुसार दुवै पार्टीको ८/८ सिटमा उम्मेदवारहरु निर्वाचित भइसकेका छन्। बाँकी हुम्लामा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही भारी मतान्तर रहेको छ। एमालेका छक्क लामा धेरै मतान्तरका साथ पछि छन्। मुख्यमन्त्री शाहीले जित्ने निश्चित देखिएको छ। त्यस्तै नेकपा माओवादी केन्द्रले कर्णालीमा प्रदेश सभा तर्फ प्रत्यक्षमा ८ सिट जितेको छ। मुगु (ख) प्रदेशमा मंगलबहादुर शाही जितको नजिक रहेका छन्। श्रोतका अनुसार जित्ने करिव निश्चित देखिएको हो। यो हिसावले काँग्रेस÷माओवादी कर्णाली प्रदेश सभामा प्रत्यक्ष ९/९ सिट हुनेछ।  

त्यस्तै २०७४ मा समानुपातिकसहित २० सिट ल्याएको एमाले अहिलेको निर्वाचनमा ४ सितमा खुम्चिएको छ।  एमालेको मुगु (क) प्रदेशमा एमाले जितबहादुर मल्लले जित्न सक्ने सम्भावना रहेको छ। त्योसहित एमालेको प्रदेशमा ५ सिट हुनेछ। मुगुमा एमालेका मल्लले एकिकृत (समाजवादी) गोपाल बमभन्दा १ सय १३ मतअगाडी छन्। अहिले मतगणना मुगु र हुम्लामा भईरहेको छ । शुक्रवार रातीसम्म कर्णालीमा प्रदेशसभाको मतपरिणाम आइसक्ने जनाइएको छ।

प्रदेशसभा तर्फ कुन दलले कहाँ कहाँ जिते ?

नेपाली काँग्रेसबाट कर्णाली प्रदेश सभामा विजय हुनेहरुमा दैलेख –   २ (क) धनश्याम भण्डारी,  दैेलेख –  १ (क) पूर्णबहादुर खत्री र (ख) बाट कृष्णकुमार विसी, सुर्खेत –  १ (क) खड्कबहादुर पोखरेल, जाजरकोट प्रदेश (क) प्रदेशबाट वेदराज सिंह र (ख) प्रदेशबाट राजीव विक्रम शाह, सल्यान प्रदेश (ख) मा सुरेश अधिकारी, कालिकोट (ख) प्रदेशमा हिक्मत बहादुर विष्ट रहेका छन्। काँग्रेसबाट हुम्ला (ख) मा गतगणना भइरहेको छ। काँग्रेसका जिवनबहादुर शाहीले एमालेका छक्कबहादुर लामासंग भारी मतान्तर बनाइरहेका छन्। काँग्रेसका शाही जित्ने निश्चित जस्तो देखिएको छ।  

नेकपा माओवादी केन्द्रले कर्णालीबाट प्रदेश तर्फ जितेका क्षेत्रहरुमा सुर्खेत – १ (ख) विन्दमान विष्ट सुर्खेत –२ (ख) कृष्ण जिसी, डोल्पा (ख) वीरबहादुर शाही, कालिकोट (क) प्रदेशबाट दुर्गबहादुर रावत, रुकुमपश्चिम (क) बाट महेन्द्र केसी (ख) बाट राजकुमार शर्मा,   सल्यान (क) प्रदेशमा भिमप्रसाद शर्मा,  हुम्ला (क) प्रदेशबाट रणसिंह परियार, मुगु (ख) प्रदेशमा मंगलबहादुर शाही जितको नजिक पुगेका छन्।

कर्णाली प्रदेश सभामा नेकपा (एमाले) बाट निर्वाचित सांसदहरुमा सुर्खेत –२ (क) यामलाल कंडेल, जुम्ला (ख) प्रदेशमा टेकराज पछाई, डोल्पा (क) प्रदेशबाट शेरबहादुर बुढा, दैलेख –२ (ख) बाट विनोद कुमार शाहले प्रदेशमा प्रत्यक्ष निर्वाचित भएका छन् भने मुगु (क) प्रदेशमा एमाले जितबहादुर मल्ल एकिकृत (समाजवादी) गोपाल बमभन्दा १ सय १३ मतअगाडी छन्। (क) प्रदेशमा मल्लले जित्न सक्ने सम्भावना बढी छन्। त्यस्तै जुम्ला (क) प्रदेश सुरेन्द्रबहादुर शाहीले स्वतन्त्र जितेका छन् । शाही नेपाली काँग्रेसबाट बागी लगेका थिए।  

प्रकाशित: ९ मंसिर २०७९ १३:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App