२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश सभामा रौतहटबाट एक जना बाहेक सबै नयाँ अनुहार

रौतहटका चार संसदीय निर्वाचन क्षेत्रका आठवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा एक जना बाहेक सात नयाँ अनुहारले चुनाव जितेका छन्। रौतहट क्षेत्र नम्बर ४ (ख) का फुलबाबु भन्ने शेख अबुल कलाम आजादले मात्र दोहोर्‍याएर प्रदेश सभाको चुनाव जितेका छन्।

२०७४ को निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ (क) बाट चुनाव जितेका बाबुलाल साह पराजित भएका छन्। उनको ठाउँमा नेपाली काँग्रेसका नागेन्द्र यादवले चुनाव जितेका छन्। यसै गरी १ (ख) बाट चुनाव जितेका योगेन्द्र राय यादव पराजित हुँदा नेपाली काँग्रेसका मधेस प्रदेश अध्यक्ष कृष्णप्रसाद यादवले चुनावमा बाजी मारेका छन्।

पहिले रौतहट क्षेत्र नम्बर २ क मा नागेन्द्र प्रसाद सिन्हाले जितेका थिए भने यसपटक एमालेका नवयुवा जैद राजाले प्रदेश सभामा प्रतिनिधित्व गर्न पाएका छन्। यसै गरी २ खमा रामकिशोर यादवले जितेकामा यसपटक नेकपा एसका कनिश पटेलले बाजी मारेका छन्।

रौतहट क्षेत्र नम्बर ३ (क) मा नागेन्द्र राय यादवले चुनाव जितेकामा यसपटक केशव राय चौधरीले सहज जित निकालेका छन्। यसै गरी ३ ख मा कुन्दनकुमार कुशवाहाले चुनाव जितेकामा यसपटक नेपाली काँग्रेसका जिल्ला अध्यक्ष सुनिलकुमार यादव जितेन्द्रले बाजी मारेका छन्।

रौतहट क्षेत्र नम्बर ४ (क) मा धनलाल थोकरले चुनाव जितेका थिए तर यसपटक नेकपा माओवादीका युवराज भट्टराई समीरले बाजी मारेका छन्। ४ (ख) मा भने पहिलै जितेका फुलबाबुले पुनः बाजी मार्न सफल भएका छन्।

प्रकाशित: ९ मंसिर २०७९ १३:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App