३ माघ २०८१ बिहीबार
image/svg+xml
राजनीति

निर्वाचनमा सुरक्षा व्यवस्था सिन्धुलीमा अब्बल

सिन्धुलीका विभिन्न सुरक्षा निकायका प्रमुखहरु। तस्बिर: अनिल भण्डारी/ नागरिक

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा सिन्धुलीको शान्ति सुरक्षामा अब्बलता देखिएको छ। प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको नेतृत्वको सुरक्षा समितिले सिन्धुलीमा निर्वाचन स्वच्छ र शान्तिपुर्ण रुपमा सम्पन्न गरेपछि शान्ति सुरक्षामा सुरक्षा निकायले अब्बलता प्रस्तुत गर्न सफल भएको चर्चा भएको छ।  

करिब ८ सय १२ जना नेपाल प्रहरी ४ सय ५० जना सशस्त्र प्रहरी र १३ सय ८९ जना म्यादी प्रहरी निर्वाचनका लागि परिचालित भएका थिए यस्तै आवश्यकता अनुसार नेपाली सेना परिचाल नगरिएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिए।  

निर्वाचनमा कुनै पनि अप्रिय घट्ना घटेको छैन, उनले भने, सुरक्षा निकाय सबैको सक्रिय सहभागिता र समन्वयले गर्दा सिन्धुलीमा शान्ति सुरक्षा अब्बल देखिएको हो। उनले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा शान्ति सुरक्षामा कुनै पनि त्रुटि नहुने गरि सुरक्षा योजना बनाइएको बताए। हामीले सुरक्षा योजना राम्रो बनाएका थियौ, प्रजिअ न्यौपानेले नागरिकसँग भने, स्थानीय तहको निर्वाचनको अनुभवले झन् सहज बनायो। उनले स्थानीय तहको निर्वाचनमा सुरक्षाको दृष्टिकोणबाट कुन कुन मतदान स्थल र अन्य कहाँ कहाँ जोखिम हुन सक्छ भने पुर्व जानकारी रहेकाले ति ठाँउमा सुरक्षा व्यवस्था अब्बल बनाउदा अप्रिय कुनै घट्ना नभई व्यवस्थित र शान्तिपुर्ण निर्वाचन गराउन सफल भएको बताए।

विकट ग्रामिण क्षेत्रदेखि सदरमुकाम सिन्धुलीमाढीका मतदान केन्द्रमा समेत सुरक्षा व्यवस्था निर्वाचनलाई लक्षित गरेर कडा बनाइएको र सोहीअनुसार सुरक्षा संयन्त्र खटेको सुरक्षा समितिले जनाएको छ। जिल्लाका विभिन्न स्थानमा एक महिना अगाडीबाटै नेपाली सेना समेत निर्वाचनलाई लक्षित गरेर सेनाको युनिटनै बनाएर खटेको थियो। निर्वाचन भन्दा करिब १ महिना अगाडीबाटै जिल्लाका विभिन्न स्थानमा १२ ओटा सेनाका युनिट खडा गरि निर्वाचन सुरक्षामा सेना खटिएको नेपाली सेनाको सिन्धुली स्थित बर्दबहादुर गणका गणपति रमेश थापाले जानकारी दिए।  

आवश्यकता अनुसार सेनाले निर्वाचनमा सुरक्षाको व्यवस्था मिलाएको थियो, सोही अनुसार जिल्ला सुरक्षा समितिको योजना अनुसार निर्वाचनको सुरक्षामा सेना खटेको हो, गणपति थापाले भने। दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा  २ लाख ८ हजार ३ सय ६९ जना मतदाता रहेका थिए।  

यस्तै १ सय ५१ मतदान स्थलमा २ सय ६७ स्थाई मतदान केन्द्र र दुई ओटा अस्थाई मतदान केन्द्र थपगरि निर्वाचन सम्पन्न गरिएको थियो। मतदान स्थललाई सुरक्षा निकायले सामान्य संवेदनशिल र अति संवेदनशिल गरि तीन भागमा विभाजन गरि सोही अनुसार सुरक्षा व्यवस्था मिलाइएको थियो। निर्वाचनको समयमा आवश्यक सुरक्षा योजनासहितको सुरक्षा व्यवस्थापनले शान्तिपुर्ण निर्वाचन भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।  

प्रकाशित: ९ मंसिर २०७९ १०:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App