मोरङको क्षेत्रनम्बर ६ (ख) बाट नेपाली कांग्रेसका उम्मेदवार केदार कार्की निर्वाचित भएका छन्।
कार्कीले १० हजार ४ सय ४८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पर्शुराम बस्नेतले ९ हजार २ सय ६८ मत ल्याए।
कार्कीले यहि क्षेत्रबाट २०७४ को निर्वाचनमा जित हाँसिल गरेका थिए। कार्की प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री पनि हुन्।
प्रकाशित: ९ मंसिर २०७९ ०८:३६ शुक्रबार