३ माघ २०८१ बिहीबार
image/svg+xml
राजनीति

सुनसरी १ (क) मा एमालेका रमेश बस्नेत विजयी

सुनसरी निर्वाचन क्षेत्र १ प्रदेशसभा (क) मा निवार्चित एमालेका उम्मेदवार रमेशकुमार बस्नेत। तस्बिर: रोहित राई

सुनसरी निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (क) बाट नेकपा एमालेका उम्मेदवार रमेशकुमार बस्नेत निवार्चित भएका छन्।

उनले निकटतम प्रतिस्पर्धी उम्मेदवार गठबन्धनबाट नेपाली कांग्रेसका उमेश थापालाई १३५० मतान्तरले हराउदै निवार्चित भएका हुन्। बस्नेतले १११०२ मत प्राप्त गरेका छन् भने पराजित भएका थापाले ९७५२ मत ल्याएका छन्।  

निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र नं १ का अनुसार प्रदेशसभा (क) तर्फ कुल ३९ हजार ७२६ मत खसेको थियो। त्यसमध्ये ३७ हजार ९४२ मत सदर भएको थियो भने १७९४ मत वदर भएको निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालले जानकारी दिए।  

कार्यालयका अनुसार प्रदेशसभातर्फ राप्रपाका उम्मेदवार उद्धव श्रेष्ठ (मकै)ले ८ हजार ३६३ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार समिर तामाङले ४ हजार ४६३ मत पाएका छन्।  

प्रकाशित: ९ मंसिर २०७९ ०७:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App