१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

फराकिलो मतान्तर सहित कांग्रेस उपसभापति खड्का विजयी

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। खड्का आफ्ना निकटतम प्रतिद्वन्द्वी भन्दा ११ हजार ६१९ बढी मत प्राप्त गरेर विजयी भए।

खड्काले ४२ हजार ६०७ मत प्राप्त गर्दा नेकपा एमालेका ध्रुवकुमार शाहीले ३० हजार ९८८ मत प्राप्त गरेका छन्। २०७४ को निर्वाचनमा शाहीले खड्कालाई पराजित गरेका थिए। निर्वाचन समितिका अनुसार सुर्खेत–१ मा ७८ हजार १३९ मत खसेको थियो। ति मध्ये ७५ हजार ६१५ मत सदर भएको थियो।

निर्वाचन अधिकृतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका मोहम्मद हसरत अलीले ८९७, राष्ट्रिय प्रजातन्त्र पार्टीका छत्रपति थापाक्षेत्रीले ६५२, जनता समाजवादी पार्टीका कर्णबहादुर थापाले ३५० मत प्राप्त गरे।

प्रकाशित: ८ मंसिर २०७९ १६:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App