coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

स्वतन्त्र उम्मेदवार प्रभु साह रौतहट ३ बाट विजयी

नेकपा एमालेबाट टिकट पाएर पनि स्वतन्त्र उम्मेदवार बनेका प्रभु साह निर्वाचित भएका छन्। रौतहट क्षेत्र नम्बर ३ बाट साह प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित भएका हुन्।

नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा, लोसपासहितका करिब सबै दल विरोधमा रहेको र नेपाली काँग्रेसका बागी उम्मेदवार ओमप्रकाश जयसवालको पक्षमा खुलेर लागेका भए पनि साहले जित निकालेका हुन्।

साहले ३२,४३७ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी जयसवालले २५,२०० प्राप्त गरेका छन्। साह ७,२३७ मतान्तरले विजयी भएका हुन्।

प्रकाशित: ८ मंसिर २०७९ १५:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App