४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विन्दुको पनि दोश्रो जित

जितपछि शुभेच्छुकबीच बिन्दु थापा। तस्बिरः उमेश पुन/नागरिक

कास्की क्षेत्र नम्बर– २ (२)मा नेपाली कांग्रेसका विन्दुकुमार थापा बिजयी भएका छन्। उनी नेकपा एमालेकी मीना गुरुङलाई १ हजार ३ सय ९ मतान्तरले पराजित गर्दै गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन।

यसअघि २०७४ सालमा तत्कालीन नेकपाका उम्मेदवार राजकाजी गुरुङलाई करिब ७ सय मतान्तरले पराजित गरेका थापाको यो दोश्रो जित हो।

उद्योगी, व्यवसायीका नेता थापाले मजदुर नेता गुरुङमाथि रोमाञ्चक जित निकाले। एमालेको लालकिल्ला बनाउने अभियानमा थापा बाधक बने। यसअघि २०७४ मा पनि तत्कालीन नेकपाको लालकिल्ला तोड्दै उनी एक्लै बिजयी भएका थिए। यस क्षेत्रमा राप्रपाका उम्मेदवार अरुण गिरीले ३ हजार ९ सय ३ र स्वतन्त्र उम्मेदवार श्रमिक घर्ती क्षेत्रीयले ४ सय ६५ मत प्राप्त गरे।

प्रकाशित: ८ मंसिर २०७९ ०७:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App