५ माघ २०८१ शनिबार
image/svg+xml
राजनीति

रुकुम पश्चिममा जनार्दन शर्माकाे फराकिलो अग्रता

रुकुम पश्चिममा प्रतिनिधिसभा सदस्यका माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्माले मतान्तर बढाउँदै लगेका छन्। २९ हजार ८ सय ५० मत गन्दा शर्माले १९ हजार ६ सय ९३ मत पाएका छन् भने नेकपा एमालेका नन्दराम देवकोटाले ४ हजार ९ सय ७ मत ल्याएका छन्।

त्यसैगरी प्रदेश सभा ९क० तर्फ वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहेका माओवादी केन्द्रका महेन्द्र केसीले ८ हजार ६ सय ३८ मत ल्याउँदा नेकपा एमालेका नारायणकुमार शाहले ३ हजार १ सय ६८ मत सहित पछ्याईरहेका छन् भने राप्रपाका बिनोद कुमार शाहले ४ सय ८१ ल्याएका छन्।

प्रदेश सभा ९ख० मा पनि वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहेका माओवादी केन्द्रका राजकुमार शर्माले १० हजार ८ सय ४, एमालेका कर्ण बहादुर घर्ती मगरले ४ हजार ९ सय ७ मत प्राप्त गरेका छन्। रुकुम पश्चिममा एक लाख चार हजार २ सय ८० मतदाता रहेकोमा ६० हजार ५ सय २७ मत खसेको थियो।

प्रकाशित: ८ मंसिर २०७९ ०४:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App