गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभा सदस्यमा भारी मतान्तरले विजयी भएका छन्। उनी २६ हजार १ सय ३ मतसहित विजयी बनेका हुन्।
उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत ल्याए। नेकपा एमालेका अब्दुस मिँयाले भने ७ हजार ३ सय ९३ मत प्राप्त गरेका छन्। निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा भने गरिसकेको छैन।
गोरखा–२ मा ५४ हजार ३१ मत खसेको थियो। त्यसमध्ये ५० हजार ९ सय ७ सदर र ३ हजार १ सय २४ बदर भएको थियो।
प्रकाशित: ८ मंसिर २०७९ ०४:२१ बिहीबार