नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन्। उनी ४ हजार ७ सय ९३ मतको अन्तरले निर्वाचित भएका हुन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेता राठौंरले २९ हजार ४० मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका किस्मतकुमार कक्षपतिले २४ हजार २ सय ४७ मत प्राप्त गरे।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले ७ हजार ४ सय ३९ मत प्राप्त गरेका छन्। यस्तै जनता समाजवादी पार्टी९जसपा०का नोयन्द्र धितालले ४ हजार २ सय ८७ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
कुल १ लाख १३ हजार ३ सय २२ मतदाता रहेको क्षेत्र नम्बर ३ मा ७३ हजार ९ सय ८९ मत खसेको थियो, भने ५ हजार ७७ मत बदर भएको थियो। निर्वाचनमा ९ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए।
प्रकाशित: ८ मंसिर २०७९ ०३:४२ बिहीबार