४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

रुपन्देही ४ मा लोसपाका शुक्ला विजयी

रुपन्देहीको क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता सवेन्द्र नाथ शुक्ला निर्वाचित भएका छन्।

शुक्लाले २८ हजार मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका प्रमोद कुमार यादवले २२ हजार ७०४ मत ल्याए। मतगणना सकिएपनि औपचारिक रुपमा घोषणा हुन भने बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

२०७४ को निर्वाचनमा यो क्षेत्रबाट प्रधिनिधि र प्रदेश तर्फका तीन वटै सिट काँग्रेसले जितेको थियो। २०७४ मा काँग्रेसका यादवले शुक्लालाइ पराजित गरेका थिए। तर यसपाली भने शुक्लाले आफनो विरासत फर्काउन सफल भए।

क्षेत्र नं ४ शुक्लाको गृहक्षेत्र हो। यही क्षेत्रबाट यसअघि उनले पटक पटक चुनाव जितेका थिए।  २०५१ सालमा राप्रपाबाट चुनाव जितेका शुक्ला त्यसपछि भने मधेशवादी दलमा आवद्ध भएका हुन्।

यो क्षेत्रबाट प्रदेश सभामा लोसपा र नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन्। क्षेत्र नं ४ (१) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा लोसपाकै कन्हैया बाँनिया निर्वाचित भएका छन्।

बानियाले १५ हजार १५५ मत ल्याइ विजयी भएका हुन्।  उनका निकटतम प्रतिद्धन्द्धी जनमत पार्टीका जितेन्द्रनाथ शुक्लाले ९ हजार २६२ मत पाए। यो क्षेत्रमा काँग्रेसका अष्टभुजा पाठक तेश्रो भए। क्षेत्र नं ४९२० बाट लुम्बिनी प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका वसिउद्धिन खाँ निर्वाचित भए। खाँले ११ हजार ३०५ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्धन्द्धी लोसपाका मोहनलाल यादवले ८ हजार २६५ मत मात्रै पाए।

कुल १ लाख १० हजार ६५९ मतदाता संख्या मध्ये ७७ हजार ६४ मत खसेको मुख्य निर्वाचन अधिकृत देवेन्द्रनाथ आर्चायले बताए।

प्रकाशित: ७ मंसिर २०७९ १६:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App