१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

रुकुम पश्चिममा फराकिलो मतान्तर बढाउदै जनार्दन शर्मा

रुकुम पश्चिममा प्रतिनिधिसभा सदस्यका माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्माले मतान्तर बढाउदै लगेका छन्। १४ हजार ४ सय ५४ मत गन्दा शर्माले ९ हजार १ सय ९ मत पाएका छन् भने नेकपा एमालेका नन्दराम देवकोटाले ३ हजार ६ सय ९६ मत ल्याएका छन्।

त्यसैगरी प्रदेश सभा (क) तर्फ वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहेका माओवादी केन्द्रका महेन्द्र केसीले ५ हजार २ सय ७८ मत ल्याउँदा नेकपा एमालेका नारायणकुमार शाहले २ हजार १ सय ८ मत सहित पछ्याइरहेका छन् भने राप्रपाका बिनोद कुमार शाहले ३ सय ८९ ल्याएका छन्।

प्रदेश सभा (ख) मा पनि वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहेका माओवादी केन्द्रका राजकुमार शर्माले ३ हजार ९ सय, एमालेका कर्ण बहादुर घर्ती मगरले १ हजार ८ सय ५७ मत प्राप्त गरेका छन्। रुकुम पश्चिममा एक लाख चार हजार २८० मतदाता रहेकोमा ६० हजार ५ सय २७ मत खसेको थियो।

प्रकाशित: ७ मंसिर २०७९ १३:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App