४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

ओखलढुंगामा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा गठबन्धन विजयी

मंसिर ४ गते सम्पन्न प्रतिधिति तथा प्रदेशसभा निर्वाचनमा ओखलढुङ्गाका प्रतिनिधि तथा प्रदेशसभा दुवैमा बामलोकतान्त्रिकब गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्। प्रतिनिधिसभातर्फ रामहरि खतिवडा विजयी भएका छन् भने प्रदेशसभातर्फ प्रदिप सुनुवार र बाबुराम गौतम निर्वाचित भएका छन्।  

नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खतिवडाले एमालेका यज्ञराज सुनुवारलाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी हासिल गरेका हुन्। जिल्ला निर्वाचन कार्यालय ओखलढुङ्गाका अनुसार खतिवडाले ३३ हजार ५ हय ५६ मत प्राप्त गरेर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका सुनुवारले २६ हजार ७ सय ३८ मत प्राप्त गरेका छन्। सुनुवारभन्दा खतिवडाले ६ हजार ८ सय १८ मत बढी ल्याएर विजयी भएका हुन्।

उता प्रदेशतर्फ (क) मा काँग्रेसका अर्का केन्द्रीय सदस्य प्रदिप सुनुवार विजयी हुँदा (ख) मा मओबादी केन्द्रका केन्द्रीय सदस्य बाबुराम गौतम विजयी भएका छन्। उनीहरु दुवैले एमाले उममेदवारलाई हराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुङ्गाले जनाएको छ।

प्रकाशित: ७ मंसिर २०७९ १२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App