४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

उदयपुर २ (ख) मा काँग्रेसका रामकुमार खत्री विजयी

उदयपुर २ (ख) मा गठबन्धनतर्फका उम्मेदवार नेपाली काँग्रेसका रामकुमार खत्री विजयी भएका छन्। दिउसो ३ः०० बजेको मत परिणाम अनुसार खत्रीले १२ हजार ६ सय २७ मत ल्याएर विजयी भएका हुन्।  

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जिवनाथ दाहालले ९ हजार २ सय ३६ मत पाएका छन्। भाले चुनाव चिन्ह लिएको नेश्नल मंगोल अर्गनाईजेसनले १ हजार २ सय ३२ मत पाएको छ भने राप्रपाले १ हजार ३४, जसपाले ७ सय ५२ र नेमपिाले १ सय ३४ मत पाएको सहायक निर्वाचन अधिकृत देवराज भट्टराईले बताएका छन्।  

यो परिणामसँगै उदयपुरको निर्वाचन क्षेत्र २ को दुवै प्रदेशसभामा गठबन्धनले चुनाव जितेको छ। बुधबार विहानै सार्वजनि भएको परिणाम अनुसार प्रदेश क) मा माओवादी (केन्द्र)का उम्मेदवार नारायण बुर्जामगर विजयी भइसकेका छन्। उनले एमालेका देवराज राईलाई पराजित गरेर प्रदेशसभा सदस्य जितेका हुन्।  

प्रतिनिधिसभामा भने एमालेले बाजी मारेको छ। मंगलबार साँझ आएको परिणाम अनुसार एमालेका अम्मर रायमाझी विजयी भएका छन्। गठबन्धनका उम्मेदवार एकीकृत समाजबादीका जगन्नाथ खतिवडाभन्दा २ हजार ३ सय ५८ मतले रायमाझी विजयी भएका हुन्। नेपाली काँग्रेसका क्षेत्रीय सभापति रामकुमार राईको बागी उम्मेदवारीका कारण सो क्षेत्रमा गठबन्धन पराजित हुन पुगेको हो।

प्रकाशित: ७ मंसिर २०७९ ११:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App