झापाको दुई वटा क्षेत्रमा नेकपा एमालेका उम्मेदवार अगाडि देखिएका छन्। पछिल्लो मत परिणाम अनुसार झापाको ५ वटा क्षेत्रमध्ये २ वटामा एमाले अगाडि देखिएको हो।
नेपाली कांग्रेस, राप्रपा र राष्ट्रिय स्वतन्त्रपार्टीका उम्मेदवार १/१ क्षेत्रमा अगाडि देखिएका छन्। झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेका देवराज घिमिरेले र ५ मा केपीशर्मा ओलीले अग्रता गरिरहेका छन्। झापा २ मा एमालेका उम्मेदवार देवराज घिमिरे १८ हजार ४ सय १० मतकासाथ अग्रता कायम गरिरहेका छन्।
उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका भद्रप्रसाद नेपालले १६ हजार ९ सय ३९ मतकासाथ पछ्याइरहेका छन्। सत्तारुढ गठबन्धनतर्फबाट नेकपा माओवादीका हरिकुमार रानामगर ९ हजार ५ सय ६२ मतकासाथ तेस्रो स्थानमा छन्। यस्तै झापा ५ मा नेपकपा एमालेका उम्मेदवार केपी ओलीले मतान्तर फराकिलो बनाउँदै लगेका छन्। ओलीले ३९ हजार ९७ मतकासाथ अग्रता कायम गरिरहेका छन्। उनलाई सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले १९ हजार ३ सय ८५ मतकासाथ पछ्याइरहेका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेशकुमार पोखरेल ८ हजार ७ सय ४३ मतकासाथ तेस्रो स्थानमा छन्।
यता झापा १ मा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले मतान्तर फराकिलो बनाउँदै लगेका छन्। शर्मा ३४ हजार ५ सय ८ मतकासाथ अग्र स्थानमा छन्। यस्तै नेकपा एमालेका अग्नीप्रसाद खरेल २१ हजार ८ सय २५ मतकासाथ शर्मार्ला पछ्याइरहेका छन्। झापा ३ मा राप्रपाका राजेन्द्र लिङदेनले अग्रता कायम गरिरहेका छन्। लिङ्देन १८ हजार १ सय ३४ मतकासाथ अग्रता कायम गरिरहेका छन्। उनलाई गठबन्धनतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलले १५ हजार ४ सय २१ मतकासाथ पछ्याइरहेका छन्। झापा ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भुप्रसाद ढकालले अग्रता कायम गरिरहेका छन्। ढकाल ६ हजार ५ सय ५२ मतकासाथ अग्रस्थानमा छन्। उनलाई नेकपा एमालेका उम्मेदवार लालप्रसाद लिम्बुले ६ हजार २ सय २९ मतले पछ्याइरहेका छन्। सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार देउमान थेवे ४ हजार ४ सय ९५ मतकासाथ तेस्रो स्थानमा छन्।
प्रकाशित: ७ मंसिर २०७९ ०८:४६ बुधबार