जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले अग्रता कायमै राखेका छन्।
१४ हजार ८ सय ३ मत गणना गर्दा उनले ७ हजार ९ सय ५९ मत पाएका छन्। यस्तै, गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रकी गोमा कुँवरले ३ हजार ५ सय ८३ मत प्राप्त गरेकी छिन् भने एमालेका रतननाथ योगीले एक हजार ८ सय २ मत पाएका छन्।
नेमकिपाका डिल्लीप्रसाद काफ्लेले ४ सय ४८ र माओवादीका बागी डाक्टर कलबहादुर रोकायाले १ सय६८ मत प्राप्त गरेका छन्। यद्यपि, रोकायाले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका छन्।
प्रकाशित: ६ मंसिर २०७९ १५:५८ मंगलबार