१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सिन्धुलीका दुई प्रतिनिधिसभा र चार प्रदेशसभामा गठबन्धनको अग्रता

सिन्धुलीमा सत्ता गठबन्धनको अग्रता कायम भएको छ। पाँच दलिय गठबन्धनले अग्रता लिएको हो। सिन्धुलीको प्रतिनिधिसभा सिन्धुली क्षेत्र नम्बर १ मा सत्ता गठबन्धन अन्र्तगत नेपाली काँग्रेसका श्यामकुमार घिमिरेको अग्रता कायम छ।  

घिमिरेले ९ हजार ६ सय ७९मत पाएका छन् भने नेकपा एमालेका प्रदिप कटुवालले ८ हजार २ सय ९८ मतसहित पछ्याएका छन्। यो समाचार तयार पार्दासम्म सत्ता गठबन्धन र नेकपा एमालेको रोचक प्रतिस्पर्धा देखिएको छ। यस्तै त्रेस्रो स्थानमा गोलाकार भित्रको घण्टी निर्वाचन चिन्हले ४ सय ७९मतपाएको छ। यसैगरि प्रतिनिधि सभा सिन्धुली क्षेत्र नम्बर २ मा पनि सत्ता गठबन्धन र नेकपा एमालेको प्रतिस्पर्धा नै रहेको छ। गठबन्धन तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार लेखनाथ दाहाल(राजन) ले ८ हजार १ सय ३६ मतसहित अग्रता लिएका छन्।  

उनलार्ई नेकपा एमालेका उम्मेदवार मनोजजंग थापाले ५ हजार ९ सय ६१ मतसहित पछ्याएका छन्। यसैगरि सिन्धुली क्षेत्र नम्बर २ को प्रदेश १ मा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार छेत्रबहादुर बम्जनले नेकपा एमालेका बिनोद खड्कालाई निकै पछाडी पारेका छन्। बम्जनले  ९हजार ३ सय ८१ मत पाउदा एमालेका खड्काले ६ हजार २ सय ८४मत पाएका छन्। यस्तै क्षेत्र नम्बर २ कै प्रदेश २ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका बाबुराम भट्टराई निकट नेतागंगा नारायण श्रेष्ठले गोलाकार भित्रको हसिया हथौडा निर्वाचन चिन्हमा ८ हजार चार सय ५२ मतसहित अग्रता लिएका छन् भने उनलाई नेकपा एमालेका रामुकमार पौडेलले ६ हजार ४ सय ८६ मत सहित पछ्याइरहेका छन्।  

यसैगरि सिन्धुली क्षेत्र नम्बर १ को प्रदेशतर्फ प्रदेशसभा १ मा सत्तागठबन्धन तर्फबाट नेकपा माओवादीका मातृका भट्टराईले नेकपा एमालेका सुवास देवकोटालाई निकै पछाडी पारि सकेका छन्। यो समाचार तयार पार्दासम्म गोलाकार भित्रको हसिया हथौडा निर्वाचन चिन्हमा भट्टराइले २ हजार ४७मतपाउदा नेकपा एमालेका सुवास देवकोटाले सुर्य चिन्हमा ९ सय १८ मत पाएका छन्। यस्तै प्रदेश सभा २ भने नेकपा एमालेका कुमारबहादुर कार्कीले १ हजार १ सय ५९ मतपाएका छन् भने गठबन्धनतर्फबाट नेपाली काँग्रेसका रामकुमार पहाडीले १ हजार पाँच सय ७६ मतसहित अग्रता लिएका छन्।  

सोमबार साझबाट गणना निरन्तर जारी रहेको मुख्यनिर्वाचन अधिकृत उपेन्द्र गौतमले जानकारी दिए। गौतमका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको सिन्धुली क्षेत्र नम्बर २ मातीन स्थानमा मतगणना भइरहेको छ। यस्तै निर्वाचन क्षेत्र नम्बर १ मा दुई स्थानमामत गणना जारी रहेको र पुर्ण रुपमामत परिणाम आउन करिब ५ दिनलाग्ने निर्वाचन अधिकृत पुरुसोत्तम खतिवडाले जानकारी दिए। दुई प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको सिन्धुलीमा मतगणना जारी रहेको छ। सिन्धुलीमादुई लाख आठ हजार तीन सय ७० मत रहेकोमा १ लाख १८ हजार ९ सय ५० मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।  

प्रकाशित: ६ मंसिर २०७९ १३:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App