७ वैशाख २०८१ शुक्रबार
राजनीति

गोरखा १ मा बजगाई र २ मा दाहाल अगाडि

गोरखा क्षेत्र नम्बर १ मा गठबन्धन तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाई र २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अगाडी छन्।  

क्षेत्र नम्बर १ मा २५ सय ७४ मत गणना सकिँदा बजगाईले १८ सय २१ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामशरण बस्नेतले चार सय १९ मत प्राप्त गरेका छन्।  

गोरखा २ मा १२ हजार सात सय १७ मत गणना सकिँदा माओवादी अध्यक्ष दाहालले सात हजार ५७ मत प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटीले १९ सय २९ र नेकपा एमालेका अब्दुस मियाँले १६ सय ७६ मत प्राप्त गरेका छन्।  

गोरखा १ प्रदेश सभा १ मा माओवादी केन्द्रका कृष्ण धिताल, प्रदेश सभा २ मा कांग्रेसका नन्दप्रसाद न्यौपाने अगाडी छन्।  

गोरखा १ प्रदेश सभा १ मा नेपाल समाजवादीका फडिन्द्र देवकोटा र प्रदेश सभा २ मा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डेले अग्रता लिएका छन्।  

गोरखामा प्रतिनिधि र प्रदेश सभा सबैमा गठबन्धनका उम्मेदवारले मतान्तर बढाउँदै लगेका छन्।  

प्रकाशित: ६ मंसिर २०७९ ०८:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App