१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

बागलुङ-१ मा एमालेका पाठक र २ मा माओवादी केन्द्रका पौडेलको अग्रता

बागलुङमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मत परिणाम सार्वजनिक हुन सुरु भएको छ। प्रारम्भी परिणाम अनुसार बागलुङ क्षेत्र नम्बर १ मा एमालेका सूर्य पाठक र क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका देबेन्द्र पौडेलले अग्रता लिएका छन्।

बागलुङ क्षेत्र नम्बर १ अन्तर्गत बानपा-१ रामरेखाको १०४४ मत गणना गर्दा एमालेका सूर्य पाठकले ३९४ मतका साथ अग्रता लिएका छन्। ३६४ मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले पाठकलाई पछ्याएका छन् भने पाँच दलीय गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी २२७ मतका साथ तेस्रो स्थानमा रहेका छन्।

एमालेका पाठक र राजमोका केसीबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिए पनि प्रारम्भीक परिणामा कँडेल अप्रत्यासित रुपमा अगाडि देखिएका छन्। बानपा-१ कै मतगणनामा क्षेत्र नम्बर १ प्रदेश सभा १ मा एमालेका हिराबहादुर केसीले ४७० मतका साथ अग्रला लिएका छन्। उनलाई गठबन्धनका उम्मेदवार काँग्रेसका दीपेन्द्र थापाले ४४९ मतका साथ पछ्याएका छन्। राप्रपाका डिल्लीप्रसाद आचार्यले ६३ मत ल्याएका छन्।

क्षेत्र नम्बर १ प्रदेश सभा २ मा भने नेपाली काँग्रेसका डिल्लीराम सुवेदीले सुरुवातमै फराकिलो अन्तर बनाएका छन्। बरेङ गाउँपालिका—१ को धुल्लाबासकोटको १३२९ मत गन्दा सुवेदीले ९१९ मत पाएका छन्। उनलाई एमालेका नवराज पौडेलले ३२४ मतका साथ पछ्याएका छन्। राप्राका गोविन्द सापकोटाको १६ मत छ।

बागलुङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका देबेन्द्र पौडेलले प्रारम्भीक अग्रता लिएका छन्। ताराखोला गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ को मतगणना हुँदा पौडेलले ९९२ मत पाएका छन्। उनको प्रतिस्पर्धी एमालेको मन्जु शर्मा चालिसेले ६१९ मत पाएकी छिन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी तिला खत्रीले १८४ मत पाएकी छिन्।

क्षेत्र नम्बर २ को प्रदेश सभा १ मा २४७६ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले १३२१ मत सहित अग्रता बनाएका छन्। उनका प्रतिस्पर्धी काँग्रेसका जितबहादुर शेरचनले ११०९ मत ल्याएका छन्।

क्षेत्र नम्बर २ को प्रदेश सभा २ मा  एमालेका लक्ष्मण पुनले १११६ मतका साथ अग्रता बनाएका छन्। नेपाली काँग्रेसका दोर्णकुमार कुँवरले १०८४ मत पाएका छन्। मंगोल नेश्नल अर्गनाईजेसनका ताराबहादुर घर्तीले १२७ र नेपाल दलित पार्टीका १०७ मत ल्याएका छन्।

प्रकाशित: ५ मंसिर २०७९ १५:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App