१३ असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

बुढीगंगामा पुनः मतदान सुरु

मोरङ क्षेत्र नम्बर ६ अन्तर्गत बुढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रको मतदान पुनः सुरु भएको छ।

मतदान केन्द्रभित्रै विष्फोट भएपछि मतदान स्थागित भएको हो। लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै बिहान पौने १० बजेतिर विष्फोटको ठूलो आवाज आएको थियो। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार सवा १२ बजेतिर पुनः मतदान सुरु गरिएको छ। विष्फोटको आवाजसँगै मतदाताबीच भगदौड मच्चिएको थियो।

बम विष्फोट गराइएको भनेर त्रसित हुँदै मतदाता भागेपछि मतदान स्थगित गरिए पनि पटका पड्काएको पाइएको प्रजिअ दाहालले बताए। सबै मतदान केन्द्रको सुरक्षा व्यवस्था कडा पारिएका कारण ढुक्कसँग मतदानमा सहभागी हुन प्रजिअ दाहालले सबैमा आग्रह गरेका छन्। विष्फोटपछि नेपाली सेनाको टोलीले मतदान केन्द्रलाई अन्य कुनै ठाउँमा विष्फोट वस्तु राखिएको छ कि भनेर सर्च अभियानपछि पुनः मतदान सुरु गरिएको हो।  

प्रकाशित: ४ मंसिर २०७९ ०८:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App