१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जितिहालिन्छ भनेर पनि मतदाताको फ्लो कम भएको हुनसक्छ: दाहाल

गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज बिहान मतदाताको फ्लो कम देखिएको बताए।

चितवनमा मतदान गरेर आफ्नो निर्वाचन क्षेत्र आएका उनले यहाँका केही मतदान केन्द्र हेरेपछि पत्रकारहरुसँग प्रतिक्रिया दिँदै भने ‘जितिहालिन्छ नि भनेर पनि मतदाता कम भएको हुन सक्छ।’

गोरखामा ठुला दल कांग्रेस, माओवादी लगायत दलको गठबन्धन भएको र रिजल्ट भईसक्यो भन्याजस्तो गरेर प्रतिस्पर्धा नै धेरै छैन भन्ने ठानेर मतदाता केही कम सहभागी देखिएको उनले बताए। ‘बिहान हुस्सू र चिसोलेपनि हुन सक्छ, खाना खाएपछि संख्या थप हुँदै जाला’ दाहालले भने ‘निर्वाचन आयोगले अनुमान गरेको करिब ७० प्रतिशत भोट खस्न सक्छ।

स्थानीय तहमा हरेक उम्मेदवार र मतदाता सिधै जोडिने भएकाले पनि त्यतीबेला जस्तो चहलपहल अहिले नभएको हुन सक्ने उनले बताए। अहिलेको निर्वाचन जनमत संग्रह जस्तो रहेको बताउँदै उनले एउटा पक्ष संविधानमाथि पटक–पटक आक्रमण गर्ने र अर्को पक्ष यसैलाई रक्षा गर्दै परिमार्जन गरेर बिकास र समृद्धीको यात्रा यहाँबाट सुरु गर्नुपर्ने भन्नेमा रहेको उनले बताए।

जसको नेतृत्वमा सरकार बनेपनि गठबन्धन भने लामो समय अघि बढाउनुपर्छ भन्नेमा दलहरु एकमत रहेको उनले बताए। ‘नेतृत्वको विषयमा मुर्त रुपमा कुराकानी भएको छैन’ उनले भने ‘जो प्रधानमन्त्री भएपनि गठबन्धनलाई अघि बढाउने विषयमा सहमती भएको छ।’

प्रकाशित: ४ मंसिर २०७९ ०६:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App