६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

नेकपा बहुमतका जिल्ला इन्चार्ज खड्कासहित ७ कार्यकर्ता प्रहरी नियन्त्रणमा

निर्वाचन विरोधी गतिविधि गरेको भन्दै मकवानपुरबाट नेकपा बहुमतका ७ जना कार्यकार्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

हेटौंडा-१० स्थित बसपार्कमा निर्वाचन विरुद्ध गतिविधि गर्न खोजेको भन्दै नेकपा बहुमतका मकवानपुरका जिल्ला इन्चार्ज रबि खड्कासहित ७ जनालाई प्रहरीले पक्रेको हो। पक्राउ पर्नेमा जिल्ला ईन्चार्ज खड्कासहित जिल्ला संयोजक शक्ति मगर, जिल्ला सचिवालय सदस्य लिला माझी, जिल्ला सदस्यहरु अजय गहतराज, विकास लामा, अनिल सिन्तान, बहुमतका युवा संगठनमा अध्यक्ष वसन्त लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्की नेतृत्वमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो। 

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखेर आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख वामदेव गौतमले जानकारी दिए। मकवानपुरमा नेकपा बहुमत लगायतको दलले निर्वाचन विरोधी गतिविधि गर्दै भित्ते लेखन लगायतको क्रियाकलाप गर्दै आएको थियो।

प्रकाशित: ४ मंसिर २०७९ ०६:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App