१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

देशमा गठबन्धन ठूलो बहुमतका साथ विजयी हुँदैछ: खनाल

इलामको सूर्याेदय नगरपालिका–९, रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयमा मतदान गर्दै खनाल। तस्बिर: नागरिक

नेकपा (एकीकृत समाजवादी)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिलेको गठबन्धन देशको आवश्यकता पूरा नहुुञ्जेल जारी रहने बताएका छन्। उनले संविधान र गणतन्त्र सुनिश्चित नहुञ्जेल अहिलेको गठबन्धन कायमै रहने दाबी गरे।

इलामको सूर्याेदय नगरपालिका–९, रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयमा मतदान गरेपछि खनालले गणतन्त्र र आउँदो निर्वाचित प्रतिनिधिसभाको आयुको सुनिश्चितता समेतका लागि गठबन्धन रहने बताए। ‘देशमा गठबन्धन ठूलो बहुमतका साथ विजयी हुँदैछ र गठबन्धनकै सरकार बन्छ,’ उनले भने, ‘अहिले को प्रधानमन्त्री, को अरू पदमा बस्ने भन्नेमा चाहिँ कुनै छलफल भएको छैन, हुन बाँकी नै छ।’  

गठबन्धनबाट इलाम क्षेत्र १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका खनालले इलामलाई देशमै नमुना बनाउने बताए। ‘विकासमा यहाँ जनताको खासै गुनासो मैले पाएको छैन,’ उनले भने, ‘विकास भनेको जति गरेपनि सन्तुष्ट बन्न सकिँदैन तर आउँदो ५ वर्षमा इलाम जिल्लाले काँचुली फेर्छ।’

प्रकाशित: ४ मंसिर २०७९ ०५:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App