१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

उदयपुरका सबै मतदान केन्द्रमा मतपत्रसहित निर्वाचन सामग्री पठाइयो

मतदान केन्द्रका कर्मचारीहरु कटारीस्थित २ नं. निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन सामग्री बुझ्दै। तस्विरः महेश्वर

यहि मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री जिल्लाका सबै मतदान केन्द्रतर्फ पठाइएको छ। मुख्य निर्वाचन अधिकृत कार्यालय उदयपुरका अनुसार जिल्लाका २ वटै प्रतिनिधिसभा र ४ प्रदेशसभाका मतदान केन्द्रमा समयमै पुग्ने गरी निर्वाचन सामग्री पठाइसकिएको छ।  

निर्वाचन क्षेत्र नं. १ का ५१ मतदानस्थल अन्तर्गत १ सय ५३ मतदान केन्द्रमा लान ३ दिनदेखि मतपत्र लगायत निर्वाचन सामग्री सम्बन्धित केन्द्र अधिकृतलाई बुझाएर त्यसतर्फ पठाइ सकिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत धनबहादुर कार्कीले ३ दिनदेखि सामग्री बुझाउन थालेको र सम्बन्धित केन्द्रतर्फ लाने क्रम भइरहेको बताए। टाढाटाढाका केन्द्रसम्म पु¥याउन समय लाग्ने भएकाले पहिला उनीहरुलाई दिइएको र नजिककालाई पनि बुझाउने काम सकिएको कार्कीले बताए।  

त्यस्तै निर्वाचन क्षेत्र नं. २ अन्तर्गत ५० स्थलका १ सय ११ मतदान केन्द्रलाई चाहिने सबै निर्वाचन सामग्री पनि धमाधम लाने क्रम चलिरहेको निर्वाचन अधिकृतको कार्यालयका सहायक अधिकृत देबराज भट्टराईले बताए। उनका अनु्सार त्यहाँ पनि टाढाटाढाका केन्द्रमा समयमै पु¥याउने गरी मतदान अधिकृतहरुलाई सामग्री बुझाई सकिएको छ। १ को तुलनामा २ नं. क्षेत्र भौगोलिक रुपमा बिकट र टाढा पर्ने भएकाले समयमै सामग्री ढुवानीको व्यवस्था मिलाइएको छ।  

२ नं. क्षेत्रमा पर्ने अधिकतर मतदानस्थल र केन्द्रहरु बिकट र पहाडी भूभागमा छन्। १४ वडा रहेको कटारी नगरपालिकाका ८, ९, १०, ११, १२, १३ र १४ नं. वडाहरु पहाडी भेगमा पर्ने भएकाले दुर्गम र बिकट छन्। त्यसैगरी सो क्षेत्रका अन्य स्थानीयतहहरु ताप्ली, रौतामाई र लिमचुङबुङ गाउँपालिका बिकट र टाढा छन् । अर्को उदयपुरगढी गाउँपालिकाका केही वडाहरु पनि पहाडी र बिकट रहेका छन्।  

२ को दाँजोमा १ नं. निर्वाचन क्षेत्र भने तुलनात्मक रुपमा सुगम रहेको छ। १ को बेलका नगरपालिकाका ५, ६, ७ र ८ वडाहरु पहाडी भेगका छन्। त्यस्तै १० व टा वडा रहेको चौदण्डीगढी नगरपालिकाका १, २ र ८ नं. वडा पहाडी भेगमा पर्छन्। १६ वटा वडा रहेको सदरमुकाम त्रियुगा नगरपालिकाका पनि १४, १५ र १६ नं. वडाहरु पहाडी भेगमा पर्ने भए पनि १५ र १६ का केही केन्द्रहरु दुर्गम रहेका छन्।  

समयमै निर्वाचन सामग्री पुर्‍याएर बेलैमा मतदान केन्द्र निर्माण गरी शान्तिपूर्ण र सहज तरिकाले चुनाव सम्पन्न गर्ने आयोगकको उदेश्य अनुसार सबै तयारी व्यवस्थित गर्ने काम भईरहेको जिल्ला निर्वाचन अधिकारी खेमराज कोइरालाले बताएका छन्।    

प्रकाशित: २ मंसिर २०७९ १२:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App