२२ मंसिर २०८२ सोमबार
image/svg+xml
फोटो फिचर

यस्तो छ प्रदेशसभा राखिने तरकारी बजार [तस्बिर]

कोशी प्रदेशको प्रदेश सभा राख्ने तयारी गरिएको कटहरी गाउँपालिकास्थित तरकारी बजारमा यतिबेला हटिया लागिरहेको छ। विराटनगरको गुद्रीस्थित थोक तरकारी बजार स्थानान्तरण गर्न निर्माण गरिएको कटहरीको तरकारी बजार गुद्री बजारका व्यापारी सर्न नमाने पछि नयाँ बनाइएको तरकारीको थोकबजार अलपत्र अवस्थामा थियो । प्रदेश सरकार मातहतको कटहरीस्थित तरकारी बजार सञ्चालन गर्न प्रदेश सरकारले कटहरी गाउँपालिकालाई जिम्मेवारी दिएको थियो ।

त्यो तरकारी बजार परिसरमा कटहरीको बुधबारे र विराटनगर शनिहाटको शनिबारे हटिया लगाउने गरिएको थियो । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा विराटनगरस्थित प्रदेश सभा सचिवालयको भवन र सभाहल जलेर काम नलाग्ने भएपछि प्रदेश सरकारले कटहरीस्थित तरकारी बजारमा प्रदेशसभा सार्ने तयारी गरेको छ । प्रदेश सरकारले तरकारी बजारमा प्रदेशसभा सार्ने तयारी गरे पनि औपचारिक निर्णय भने अझैसम्म गरेको छैन। 

 

कोशी प्रदेश सभा सचिवालयले प्रदेश सभा सार्न तरकारी बजार परिषर सरसफाईको काम सुरु गरेको जनाएको छ । तर, प्रदेश सरकारको मन्त्रिपरिषद्ले औपाचारिक निर्णय गरिनसकेका कारण प्रदेश सभाका सामाग्रीहरू सार्ने काम नथालेको कोशी प्रदेश सभा सचिवालयका उपसचिव अर्जुन घिमिरेले जानकारी दिए ।

प्रकाशित: १९ कार्तिक २०८२ २०:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App