
कर्पोरेट
नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन शुक्रदेखि गोदावरीस्थित सनराइज सभा हलमा सुरु हुँदैछ। उद्घाटनअघि स्थलभित्र र बाहिर चहलपहल बढेको छ। प्रतिनिधि, पर्यवेक्षक, सञ्चारकर्मी र अतिथिहरूलाई व्यवस्थापन गर्न स्वयंसेवक सक्रिय छन्।
महाधिवेशनमा विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिने तयारी गरिएको छ। सभा हलमा डिजिटल बोर्ड, सिट व्यवस्था, सुरक्षा तथा सरसफाइ तयारी पूरा भएको छ। महाधिवेशनमा करिब दुई हजार ३४१ जना सहभागी हुनेछन् भने कुल ३५ सय जनाका लागि खानाको व्यवस्था गरिएको छ।
तस्बिर : दिपेश दर्शनधारी/नागरिक










