२४ कार्तिक २०८२ सोमबार
image/svg+xml
फोटो फिचर

तस्बिरमा हेर्नुस् पार्टी मुख्यालय अगाडि कांग्रेस सुधार अभियानको प्रदर्शन

कांग्रेस सुधार अभियान (४० वर्षमुनिका) ले सुरक्षा घेरा तोडेर पार्टी मुख्यालयको गेटसम्म पुगेर प्रदर्शन गरेको छ। उनीहरूले पार्टी कार्यालयको गेटमा तालाबन्दी पनि गरेका छन्। पार्टी कार्यालय प्रवेश गर्ने मुखमै प्रहरीको सुरक्षा घेरा तोडेर अभियानसँग सम्बद्ध समूह पार्टी कार्यालयको गेटसम्म पुगेको हो।

उनीहरूले नियमित महाधिवेशन र युवाको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने मागसहित प्रदर्शन गरिरहेका थिए। पार्टी कार्यालयको प्रांगणमा जान गेट बन्द गरिएसँगै उनीहरूले बाहिरै बसेर नाराबाजी गरे। उनीहरूले ‘नियमित महाधिवेशन गर्न नसके, वर्तमान केन्द्रीय समिति विघटन गरियोस् ! आम कांग्रेसजन’, युवाहरूको भावनालाई नजरअन्दाज नगरियोस् !’ लगायतका नारा लगाए।

कांग्रेस र हरेक तलको निर्वाचनमा ४० प्रतिशत युवा सहभागिता सुनिश्चित गर्न पनि माग गरिएको छ। जेनजी आन्दोलनमा पार्टी कार्यालय जलाएसँगै कांग्रेस पार्टी कार्यालयमा सुरक्षा तैनाथी बढाउनुका साथै कसैलाई पनि जाँचबिना प्रवेश रोकिएको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App