१६ आश्विन २०८३ शुक्रबार
image/svg+xml
फोटो फिचर

खुलामञ्चमा कांग्रेस महाधिवेशनको तयारी (तस्बिरहरु)

नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारी गरिरहेको छ।

अहिले काठमाडौंको खुलामञ्चमा कांग्रेस महाधिवेशनको लागि स्टेज निर्माण कामहरु भइरहेका छन्।

काठमाडौं महानगरपालिकाले खुलामञ्चमा रहेका विभिन्न संरचनाहरु हटाएर दुबो रोपेर पुरानै रूपमा फर्काएपछि यहाँ पहिलो पटक राजनीतिक कार्यक्रम हुन लागेको हो।

नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक परिवर्तनका महत्त्वपूर्ण ऐतिहासिक घोषणा तथा सभाहरूको साक्षी रहेको खुलामञ्चमा अहिले कांग्रेस महाधिवेशनको लागि स्टेज निर्माण लगायतका कामहरू तीव्र पारिएको छ।

कांग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि २२ गतेसम्म हुँदैछ।

प्रकाशित: १५ आश्विन २०८३ १८:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App