९ चैत्र २०८२ सोमबार
image/svg+xml
फोटो फिचर

प्रहरीले मनायो कुकुर तिहार (फोटोफिचर)

नेपाल प्रहरीले केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रमा कुकुर तिहारको अवसरमा कुकुरको पूजा गरी मनाइएको छ। हिन्दु परम्परा अनुसार कात्तिक कृष्ण चर्तुदशीका दिन भैरवको बहान कुकुरको पूजा गर्ने गरिन्छ। मानिसको निकट साथीको रूपमा मानिने कुकुर आज्ञाकारी र रक्षक भएकाले यसको पूजा गर्ने प्रचलन रहेको छ।

यसैबीच कुकुर तिहारकै अवसरमा नेपाल प्रहरीले केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रका कुकुरको विशेष रूपमा पूजा गरेको छ। नेपाल प्रहरीले अपराध नियन्त्रण तथा अनुसन्धानका लागि प्रयोग गरेका तालिम प्राप्त कुकुरहरूको पूजा गरेको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App