१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
फोटो फिचर

सरसफाइमा जुटे जेन-जी युवा (तस्बिरसहित)

हिंसात्मक प्रदर्शनपछि अस्तव्यस्त काठमाडौं सहरलाई सफा गर्न थालिएको छ। स्थानीय र आन्दोलनरत युवाहरू नै सडकमा उत्रेर सरसफाइ गरिरहेका छन्।

मंगलबार राति १० बजेपछि सेना परिचालन गरिएको छ। जसकारण उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ।  

नेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्तिसुरक्षा कायम गर्न परिचालन भएका छन्। सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। प्रदर्शनकारीले सार्वजनिक र निजी सम्पत्तिमा झोसेको आगो निभाउने प्रयासमा सुरक्षाकर्मी छन्।

तस्बिर : विजय राई/नागरिक

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App