५ श्रावण २०८३ मंगलबार
image/svg+xml
फोटो फिचर

१३ तस्बिरमा मेस्सीको २० वर्षे विश्वकप यात्रा

तस्बिर : एपी

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले हालसम्म छ वटा विश्वकप खेलेका छन्। उनले सन् २००६ मा जर्मनीमा १८ वर्षको उमेरमा डेब्यु गरेदेखि सन् २०२६ सम्म आफ्नो बलियो उपस्थिति जनाएका छन्।

कप्तान मेस्सीले सन् २००६ मा पहिलो विश्वकप गोल गरे, सन् २०१४ मा देशलाई फाइनलमा पुर्‍याए र सन् २०२२ मा उपाधि जितेर फुटबलको सबैभन्दा ठूलो ट्रफी जित्ने सपना पूरा गरे। उनले प्रतियोगिताको उत्कृष्ट खेलाडीको रूपमा कतारमा गोल्डेन बल पनि जिते। 

सम्भवत: अन्तिम मानिएको सन् २०२६ मा पनि मेस्मी विश्वकपको फाइनलसम्म पुगे। तर अर्जेन्टिना स्पेनसँग अतिरिक्त समयमा १-० गोलले पराजित भयो।

तस्बिर : एपी 

सन् २००६ मा जर्मनीको फ्रान्कफर्टमा भएको विश्वकप समूह चरणको खेलमा नेदरल्याण्ड्सका खालिद बोलाहरोज र अर्जेन्टिनाका लियोनल मेस्सी बलका लागि संघर्ष गर्दै।
सन् २०१० मा दक्षिण अफ्रिकाको पोलोकवेनमा भएको विश्वकप समूह चरणको खेलको क्रममा ग्रीसका लुकास भिन्ट्रासँगको प्रतिस्पर्धाका बिच अर्जेन्टिनाका लियोनल मेस्सी बलमा नजर राख्दै।
सन् २०१४ मा ब्राजिलको रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा भएको समूह चरणको खेलमा बोस्नियाविरुद्ध आफ्नो टोलीको दोस्रो गोल गरेपछि खुसी मनाउँदै अर्जेन्टिनाका लियोनल मेस्सी।
सन् २०१४ मा ब्राजिलको साओ पाउलोमा भएको विश्वकप सेमिफाइनल खेलमा नेदरल्याण्ड्सका निगेल डे जोङसँग ट्याकल गर्दै गर्दा अर्जेन्टिनाका लियोनल मेस्सी।
सन् २०१८ मा रुसको निज्नी नोभगोरोडमा भएको विश्वकपमा अर्जेन्टिना र क्रोएसियाबिचको समूह चरणको खेलमा अर्जेन्टिनाका लियोनल मेस्सी बल नियन्त्रणमा लिँदै।
सन् २०१८ मा रुसको सेन्ट पिटर्सबर्गमा भएको समूह चरणको खेलको क्रममा अर्जेन्टिनाका लियोनल मेस्सी नाइजेरियाका ब्रायन इडोउसँग बलका लागि दौडँदै।
सन् २०२२ मा कतारको लुसैलमा भएको विश्वकप समूह चरणको खेलमा मेक्सिकोविरुद्ध आफ्नो टोलीको पहिलो गोल गरेपछि खुसी मनाउँदै अर्जेन्टिनाका लियोनल मेस्सी।
सन् २०२२ मा कतारको लुसैलमा नेदरल्याण्ड्सविरुद्धको क्वार्टरफाइनल खेलको रोमाञ्चक अन्तपछि खुसी देखिएका अर्जेन्टिनाका लियोनल मेस्सी।
सन् २०२२ मा कतारको लुसैलमा भएको सेमिफाइनल खेलमा क्रोएसियाविरुद्ध ३-० को जित निकालेपछि अर्जेन्टिनाका लियोनल मेस्सी उत्साहित प्रशंसकहरूलाई अभिवादन गर्दै।
सन् २०२२ मा कतारको लुसैलमा भएको फाइनल खेलको क्रममा अर्जेन्टिनाका लियोनल मेस्सी फ्रान्सका किंग्सले कोमानको छेउमा बल हेड गर्दै।
सन् २०२२ मा कतारको लुसैलमा अर्जेन्टिनाले फ्रान्सलाई पराजित गरेपछि पुरस्कार वितरण समारोहमा प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल र विश्वकप ट्रफी चुम्बन गर्दै लियोनल मेस्सी।
सन् २०२२ मा कतारको लुसेल स्टेडियममा फ्रान्सविरुद्धको फाइनल खेल जितेपछि अर्जेन्टिनाका लियोनल मेस्सी फ्यानहरूसामु ट्रफीसहित उत्सव मनाउँदै।
सन् २०२६ मा न्युयोर्क नजिकैको ईस्ट रदरफोर्ड, न्युजर्सीमा स्पेन र अर्जेन्टिनाबिचको विश्वकप फाइनल खेलपछि निराश मुद्रामा मैदानमा हिँड्दै अर्जेन्टिनाका लियोनल मेस्सी।

प्रकाशित: ४ श्रावण २०८३ १२:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App