
निर्वाचन विशेष
पूर्व मिस नेपाल उषा खड्गी हाल थाइल्याण्ड भ्रमणमा व्यस्त छिन्। उनले सामाजिक सञ्जालमा निरन्तर रमाइला पलहरू फ्यानका लागि साझा गरिरहेकी छिन्। उनी छोराछोरीसँगै पारिवारिक बिदा मनाइरहेकी छिन्।
उनले सामाजिक सञ्जालमा साझा गरेका तस्बिर र भिडियोमा छोराछोरीसँग रमाइलो गरेको देखिन्छ।
सन् २००० की मिस नेपाल उषाले केही वर्ष पहिले झण्डै दुई दशक लामो विवाह सम्बन्ध अन्त्य गरेकी थिइन्। त्यसयता उनी छोरीछोरालाई एकल आमाको रूपमा हुर्काउँदै आएकी छिन्।
तस्बिर : उषा खड्गीको फेसबुकबाट









