२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
फोटो फिचर

मखमलीमा मख्ख गुण्डुका किसान (फोटोफिचर)

तिहारका लागि भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डु गाउँमा मखमली टिप्न किसानहरू व्यस्त छन्। दसैँ सकिएसंगै यहाँका किसान, गृहिणीलगायत फूल व्यवसायी फूल टिपेर माला उन्न व्यस्त छन्।

यस क्षेत्रका खेतबारी, करेसाबारी रंगीन फूलले छपक्क छोपेको छ भने स्थानीयवासीलाई फूल टिप्ने, माला बनाउने चटारोले छ। यो क्षेत्रका किसानले असार, साउनदेखि नै मखमली फूल टिपेर माला गाँस्न थाल्छन्। बिहान फूल टिप्ने र दिउँसो माला उन्ने काम साउन यहांका स्थानीयहरुको दिनचर्या बनेको छ। दसैँअघि टिपेका फूलहरू विदेश पठाउनको लागि प्रयोग हुने किसानहरू बताउँछन्।

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App