२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
फोटो फिचर

उखु बोकेर सरकारविरुद्ध किसानको शान्तिपूर्ण धर्ना (तस्बिरसहित)

उखु किसान महासंघ संघर्ष समितिले माइतीघरमा शान्तिपूर्ण धर्ना दिएको छ। सरकारले २०६६ सालदेखि दिँदै आएको अनुदान रकम कटौती गरी चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा उखुको अनुदानका लागि बजेट विनियोजन नगरेकोमा अनुदानलाई निरन्तरता दिनुपर्ने, २०८१–८२ मा बिक्री गरेको उखुको अनुदानबापत पाउनुपर्ने एक अर्ब ६० करोड रुपियाँ तुरुन्त भुक्तानी गर्नुपर्ने, उखुको मूल्य तय गर्दा उखु किसान, उद्योगी र सरकारबिच छलफल गरी मूल्य निर्धारण गर्नुपर्ने लगायतका माग राखी उनीहरूले शान्तिपूर्ण धर्ना दिएका हुन्। 

तस्बिर : दिपेश दर्शनधारी/नागरिक

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App