प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरी आज (बिहीबार)देखि बिदा भएका छन्। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन सुरक्षामा खटिएका १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरीको बिदाइ भएको हो।

आज निर्वाचन प्रहरीलाई धन्यवाद ज्ञापनसहित प्रमाणपत्र र देशलाई आवश्यक परेको समयमा सहयोग गर्ने वाचासहित सम्मान गरी बिदाइ गरेको छ। उनीहरूलाई ४० कार्यदिनका लागि भर्ना गरिएको समय आज सकिँदै छ।

यस वर्ष नेपाल प्रहरी मातहत रहने गरी १ लाख ३३ हजार ९८० र सशस्त्र प्रहरी मातहत खटिने गरी १५ हजार ११० सहित १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी परिचालन गरिएको थियो। सशस्त्र प्रहरी मातहतका प्रहरीको पनि आजै बिदाइ कार्यक्रम राखिएको छ।


















प्रकाशित: २८ फाल्गुन २०८२ १२:४८ बिहीबार





