
राजनीति
फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता नामावलीमा दर्ता गर्न नागरिकहरूको निर्वाचन कार्यालयमा भीड देखिन थालेका छन्।
निर्वाचन आयोगले देशभरका जुनसुकै कार्यालयबाट पनि दर्ता गर्न सकिने व्यवस्था गरेपछि भीड बढेको हो।
अनलाइन फारम भरेपछि नजिकको कार्यालयमा फोटो र बायोमेट्रिक दिन सकिने आयोगले जनाएको छ। आयोगले कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने तयारी गरेको छ।
तस्बिर : दिपेश दर्शनधारी/नागरिक









