
राजनीति
मिस नेपालमा पोखरा, चितवन, नेपालगञ्ज, धरान, विराटनगर र बुटवल लगायतका सहरबाट प्रतियोगीहरु छनोट भएका छन्। मिस नेपालको यो २१ औं संस्करण हो। १९ देखि २४ वर्ष उमेर समूहका १२ कक्षा पास गरेका युवतीले भाग लिन पाउनेछन्। आगामी चैत २६ मा राजधानीको अन्नपूर्ण होटलमा मिस नेपालको फाइनल आयोजना हुँदैछ।
प्रतियोगितामा आश्मा केसी, कृतिमा रिमाल, सञ्जग कट्टुवाल, सचिना श्रेष्ठ, जुबी जोशी, आशुष्मा श्रेष्ठ, रोशनी खत्री, सुनिया शर्मा, अन्सु केसी, कुसुम थापा मगर, अस्मी श्रेष्ठ, करुणा खड्का, अनिता कार्की, वर्षा लेखी, सन्दिपा लिम्बु, सृजना रेग्मी, प्रतिभा दवाडी, नम्रता श्रेष्ठ र प्रेरणा अधिकारीले सहभागिता जनाएका छन्।
तस्बिरमा मिस नेपाल-२०१६ का प्रतियोगी सुन्दरीहरूः (सबै तस्बिरः प्रबिन कोइराला)


















